संसद भवन अगाडि प्रदर्शन गर्न पुगेका मानवअधिकारकर्मीहरु पक्राउ
काठमाडौँ, ३२ असार । सरकारले मानव अधिकारमा दख्खल पुग्ने गरी लिइएका निर्णयहरुको विरोध गर्दै संसद भवन अगाडि प्रदर्शन गर्न पुगको मानवअधिकारकर्मी कृष्ण पहाडीसहित दुई दर्जन भन्दा बढी मानवअधिकारकर्मीहरु पक्राउ परेका छन् ।
सोमबार दिउँसो संसद भवन अगाडि प्रदर्शन गर्न पुगेका मावअधिकारकर्मीहरुलाई प्रहरीले नियनत्रणमा लिएको हो । सरकारले स्वतन्त्रता विरोधी निर्णय गरेको र स्वेच्छाचारी गतिविधिहरु गर्दै आएको भन्दै मानव अधिकार तथा शान्ति समाजले संसद भवनको पश्चिम क्षेत्रमा प्रदर्शन गरेको थियो ।
प्रहरीले शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति डा. गंगाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रेनुका पौडेल, महासचिव उत्तम पुडासैनी, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष बटुकृष्ण ढुंगेल, केन्द्रीय सदस्य गिता तिमल्सिना, बाबुहरी आचार्य, काठमाण्डौँ शाखा सभापति रामकृष्ण बराल, विभागिय संयोजकहरु प्रताप पौडेल, बाबुराम न्यौपाने, विपि पौडेल, सदस्यहरु सनत आचार्य, सरस्वती ढकाल, ईश्वरा लिङदेन, टिकाराम पौडेल, टंक गैरे, लोकेन्द्र थापा, ईश्वरी प्रसाद नेपाल, रामचन्द्र खतिवडा, नानीकाजी गिरी, मुरारी फुयाल, सुकदेव अधिकारी लगायत दुई दर्जन भन्दा बढीलाई गिरफ्तार गरी महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा राखेको समाजद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
