नेकपाको आकस्मिक बैठक आज साँझ, के हो सेटिङ ?
काठमाडौँ, ३२ असार । नेपाल कम्युनिष्ट पाटी (नेकपा) ले आज साँझका लागि आकास्मिक बैठक बोलाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठक के विषयमा केन्द्रित छ भन्ने बारे पूर्ण जानकारी खुलेको छैन ।
तर एक सदस्यका अनुसार बैठकमा समसामयिक राजनीतिक अवस्थाका बारेमा छलफल हुने बताइएको छ । पछिल्लो समय चिकित्सा शिक्षा विधेयक र डा. गोविन्द केसीको अनसनको विषयलाई लिएर प्रमुख प्रतिपक्ष काङ्ग्रेसले संसद बैठक अबरुद्ध गर्दै आएको बारेमा छलफल हुने अनुमान कतिपयको छ ।
