हेटौँडामा विद्यार्थीले घेरे क्याम्पस

तु खबर संवाददाता
२०७५ असार ३२, सोमबार १४:३३

हेटौँडा,३२ असार । अधिकांश आन्दोलन भइराख्ने मकवानपुरका कलेजहरुमा ताला लगाउने र कलेज घेराउ जस्ता आन्दोलनको कार्यक्रम बढ्दै गएको छ । यसैबिच मकवानपुरको हेटौँडामा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा जारी आन्दोलन अन्तर्गत आज र्याली सहित क्याम्पस घेराउ गरिएको छ ।

केन्द्रीय क्याम्पसमा विद्यार्थीलाई कुनै सुविधा दिन नसकेको आरोप लगाउँदै यस्तो अवस्थामा समेत क्याम्पसले आर्थिक चलखेलको आधारमा नीजि सँस्थालाई नयाँ कलेजको लागि सम्वन्धन दिन लागेको बिरोधमा विद्यार्थीहरुले र्याली सहित क्याम्पस घेराउ गरेका हुन् ।

यस अघि नै विद्यार्थीहरुले गत असार २७ गते डिनको कार्यालय सहितको प्रशासन शाखामा तालाबन्दी गरेका गरेका थिए । तर विद्यार्थीको आन्दोलनलाई प्रशासनले वेवास्ता गरेको र नीजि सस्थालाई सम्वोधन दिने प्रक्रिया नरोकेको भन्दै विद्यार्थीहरु थप आक्रामक बनेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*