खुकुरी प्रहार गर्ने युवक पक्राउ

तु खबर संवाददाता
२०७५ असार ३२, सोमबार १२:३३
तस्बिर–गुगल

खोटाङ, ३२ असार । खुकुरी प्रहार गरेको अभियोगमा खोटेहाङ गाउँपालिका–९ रसुवाघाँट बस्ने ३५ वर्षीय काले माझीलाई खुकुरी सहित प्रहरीले आइतबार पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरी उनले सोही स्थान बस्ने ५३ वर्षीय ध्यानबहादुर माझीलाई खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका उनलाई उपचारको लागि उदयपुर गाईघाट लगिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*