हातहतियार सहित ३ जना पक्राउ

तु खबर संवाददाता
२०७५ असार ३२, सोमबार १२:२८

काठमाडौं, ३२ असार । ललितपुर महानगरपालिका–१४ नख्खीपोटबाट मेड ईन जर्मन लेखिएको पेस्तोल १ थान, ५ राउण्ड गोली र २ थान म्याग्जीन सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी परिसर ललितपुरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले आइतबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका–१४ नख्खीपोट बस्ने ताप्लेजुङका ३६ वर्षीय हेमराज पौडेल, नख्खीपोट बस्ने रामेछाप दोरम्बा डडुवा गाउँपालिका–१ का २३ वर्षीय अंशुराम मोक्तान र काठमाडौं घट्टेकुलो बस्ने रामेछाप लिखू गाउँपालिका–१ का २४ वर्षीय कृष्णबहादुर जोगी रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*