बकैया गाउँपालिकाको बजेट ५० करोड

तु खबर संवाददाता
२०७५ असार ३२, सोमबार १२:०४

मकवानपुर, ३२ साउन । मकवानपुरको बकैया गाउँपालिकाले करिब ५० करोड बजेट विनियोजन गरेको छ । आईतबार भएको तेस्रो गाउँ सभा मार्फत बजेट पारित गरिएको हो ।

गाउँपालिका अध्यक्ष दामोदर खनालको अध्यक्षतामा भएको सभामा आगामी आर्थिक विकास आयोजनामा पर्ने कृषि,पशु, सहकारी, पर्यटनमा १ करोड, ५६ लाख ४६ हजार रकम विनियोजन गरिएको छ । सामाजिक विकास आयोजना अन्र्तगत शिक्षा, स्वास्थ्य,महिला विकास, बालबालिकामा ५ करोड नब्बे लाख वजेट रहेको छ ।

त्यस्तै पूर्वाधार विकासमा सडक, सिँचाई, भवन, विद्युतमा ९ करोड ९२ लाख छुट्याइएको छ । वातावरण र विपद् अन्र्तगत विपद् व्यवस्थापन वन वातावरणमा ४९ लाख ५० हजार बजेट विनियोजन गरिएको छ । संस्थागत विकास र सुशासनमा ५ करोड ४० लाख वजेट रहेको छ । समपूरक कोषमा २ करोड,संचालन खर्चमा (तलब कार्यालय संचालन) ५ करोड ८५ लाख रहेको छ । शशर्त अनुदान (संघ र प्रदेश शशर्त अनुदान) १८ करोड ९६ लाख ४५ हजार रहेको छ । गाउँपालिकाले ५० करोड ९ लाख ४१ हजार बराबरको आगामी बजेट विनियोजन गरिएको प्रमुख प्रशासकिय अधिकृत खेमराज सापकोटाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*