डा.केसीको मागको सक्बोधन गर्नुपर्ने : गच्छदार
विराटनगर, ३१ असार । नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले डा.गोविन्द केसीको माग सम्बोधन गरी उनको जिवन रक्षा गर्न सरकार सकारात्मक हुनुपर्ने बताएका छन् ।
विराटनगरमा विराटनगरमा आज सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै उनले विगतमा आफैँ संलग्न रहेको सरकारले डा. केसीसँग गरेको सहमति कार्यान्वयन गराउन अध्यादेश अनुसारकै विधेयक ल्याउन आग्रह समेत गरे ।
उपनेता गच्छदारले एउटा सरकारले गरेको सहमति त्यसपछिका सरकारले कार्यान्वयन नगर्ने हो भने राज्य सञ्चालनको प्रक्रिया नै रोकिने बताए । उहाँले सरकारले राज्य सञ्चालनको प्रक्रियाविपरीत डा. केसीसँगको सहमति उल्लंघन गर्न खोजेकाले काँग्रेसले विरोध गरेको बताए ।
