स्थानीय अस्पतालमै आँखा उपचार केन्द्र खोल्न सरकारलाई सहयोग गर्छु : मुख्यमन्त्री पौडेल
मकवानपुर ३१ असार । ३ नम्बर प्रदेशका मुख्यमन्त्री रोरमणि पौडेलले स्थानीय तहका अस्पतालहरुमा आँखा उपचार केन्द्र पनि आवश्यक रहेकाले सञ्चालन गर्नुपर्ने बताएका छन् ।
नेपाल नेत्रज्योति संघ चितवन शाखाको २० औं वार्षिक साधारण सभा एवं अधिवेशनको मा बोल्दै पौडेल सरकारको प्रत्येक स्थानीय तहमा १५ शैयाको अस्पताल सञ्चालन गर्ने तयारीमा आँखा उपचार केन्द्र समेत खोल्नुपर्ने समेत बताए ।
उनले सरकारलाई प्रदेश सरकारले सक्दो सहयाग गर्ने समेत बताए ।
कार्यक्रममा बोल्दै मन्त्री पौडेलले साउनदेखि विकास निर्माणका कामलाई अभियानका रुपमा अघि बढाउने बताए । अहिलेसम्मको समय नीति निर्माण र ऐन कानून बनाउन लागेको भन्दै उहाँले सुखी नेपाली, समृद्ध नेपाल निर्माणका लागि सबै नागरिक स्वस्थ हुनुपर्दछ उनले भने ।
