नुवाकोटको सिसडोलमा फोहोरको डंगुर जनजिवन कष्टकर

तु खबर संवाददाता
२०७५ असार ३१, आईतवार १७:३१

मकवानपुर ३१ असार । नुवाकोटस्थित सिसडोलमा फोहोर व्यवस्थापन गर्न निकैनै कठिनाई भएको छ । नियमित रुपमा काठमाण्डौ महानगरपालिकाले फोहोर उठाउन ढिलाई गरेपछि यस्तो समस्या देखिएको स्थानियहरुको गुनासो छ ।

व्यवस्थापन गर्ने स्थानको मात्र होइन, लैजानका लागि बाटो पनि बिग्रिएको छ । बाटोको मर्मत कार्य र सिसडोलमा पनि थप व्यवस्थापनका लागि प्रयास भइरहेको छ । त्यसका लागि अझै करीब एक हप्ता लाग्ने कामपाले जानकारी दिएको छ ।

कामपाका सहप्रवक्ता नवराज ढकाल यसपटक अन्य समयमा भन्दा छिटो पानी परेकाले, बाटो खाल्टाखुल्टीसँगै केही स्थानमा पहिरो सडकमा आएर बसेकाले नियमित फोहर व्यवस्थापन हुन नसकेको बताउनुहुन्छ ।

व्यवस्थापनका सबै काम सकी बढीमा आगामी हप्ताबाट नियमित रुपमा फोहर संकलन हुने हुँदा आ–आफ्ना घरबाट निस्केको फोहर अन्यत्र नफाली हाललाई घरमा नै व्यवस्थापन गरी सहयोग गरिदिन पनि निर्देशक ढकालले नागरिकलाई अनुरोध गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*