अख्तियारले गर्यो भूमिसुधारका नासु खतीवडालाई ३० हजार घुससहित पक्राउ
मोरङ ३१ असार । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले भूमिसुधार कार्यालय विराटनगरका नायब सुब्बा दामोदर खतिवडालाई रु ३० हजार घुससहित पक्राउ गरेको छ ।
प्रहरी निरीक्षक राजन कार्की सहित सहितको टोलिल कार्यालयमै घुस खाएको जानकारी पाएपछि आज पक्राउ गरेको विराटनगरका सञ्चारमाध्यमहरुले जनाएका छन् ।
विराटनगरका एक व्यक्तिसँग मोहियानी हक दिलाइदिने भन्दै खतिवडाले घुस मागेको बताइन्छ । तिनै व्यक्तिले अख्तियारलाई सम्पर्क गरेर यसबारे जानकारी दिएका थिए । घुस दिने व्यक्तिको पहिचान अख्तियारले गोप्य राखेको छ ।
