नेकपा परित्याग गरी २० जना कांग्रेसमा प्रवेश

तु खबर संवाददाता
२०७५ असार ३१, आईतवार १६:५५

मकवानपुर ३१ असार । मकवानपुरको राक्सीराङ गाउँपालिका ४ बाट आईतबार नेकपा पार्टी परित्याग गरी २० जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
आज भएको पार्टी प्रवेश कार्यक्रममा राक्सीराङ गाउँपालिका ४ बाट लामो समयसम्म एमाले र माओवादीमा बसेर काम गरेका २० जनाको समूह काँग्रेसमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्नेमा गोपिन भ्लोन, हिरालाल भ्लोन, कविराज बल, जितबहादुर भ्लोन, बीरबहादुर भ्लोन, रामेश्वर मुक्तान, सुनिल बल, जयबहादुर भ्लोन, नवराज बल, देविलाल बल, कविराज भ्लोन, विरबहादुर लामा लगायत रहेका छन् ।

उनीहरुलाई पार्टी मकवानपुरका प्रतिनिधिहरुले स्वागत गरेका थिए । कार्यक्रममा जिल्ला सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, प्रवक्ता प्रदिप कोईराला, जिल्ला सदस्यहरु राजिव सुवेदी, रामकृष्ण प्रजा, ईश्वर रुम्बा, जिल्ला सदस्य एवं राक्सीराङ गाउँपालिका प्रमूख राजकुमार मल्ल, जिल्ला सल्लाहकार दामोदर सुवेदी, ४ नम्बर क्षेत्रीय सभापति लोक मुक्तान, हेटौंडा उपमहानगरपालिका नगर सभापति आनन्दराम पराजुली, राक्सीराङ गाउँपालिकाका उप–प्रमूख निर्मला हिमडुङ, नेविसंघ जिल्ला अध्यक्ष राजु खतिवडा लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*