भुटनदेवी उच्चमावीका २ विद्यार्थीहरुको अविभावकत्व ग्रहण
मकवानपुर ३० असार । रोट्याक्ट क्लब अफ हेटौंडाले भुटनदेवी उच्च माध्यामिक विद्यालयमा अध्ययनरत २ जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको छ ।
कक्षा ४ मा अध्ययनरत श्रीजना अर्याल र कक्षा ५ मा अध्ययनरत प्रजिला विष्टको अभिभावकत्व ग्रहण गरेको हो ।
दुुवै विद्यार्थीको हालसम्म विद्यालयमा खर्च भएको रकम फिर्ता गरिएको कार्यक्रम संयोजक सरोज देवकोटाले जानकारी दिए । कक्षा १२ सम्म अध्ययन गर्नका लागि आवश्यक पर्ने रकम क्लबका अध्यक्ष विवश अर्याल र सुवास अधिकारीले उपलब्ध गराउने उनले जानकरी दिए ।
रोट्याक्ट क्लब अफ हेटौंडाका अध्यक्ष विवश अर्यालको सभाध्यक्षतामा भएको कार्यक्रममा रोट्याक्ट जोन १३ का जेडआरआर अनुराग अधिकारी, विद्यालयका शिक्षकहरु लगायत क्लबका सदस्यहरुको उपस्थिति रहेको थियो ।
