हेटौंडाको थानाभर्याङका सडकहरुलाई कालोपत्रे गरिँदै

तु खबर संवाददाता
२०७५ असार ३०, शनिबार १२:५०

जी न्यौपाने
मकवानपुर ३० असार । हेटौंडा ११ थानाभर्याङ स्थित हेटौंडा–भरतपुर २ सय २० केबी प्रशारण लाईन आयोजना कार्यालय बिद्युत प्राधिकारणले सिमल्टारका केहि स्थानका सडक कालोपत्रे गर्न शुरु गरेको छ । प्राधिकरणका अनुसार ९ सय मिटर बाटोमा ग्राबेल बिच्छ्याउने कार्य भईरहेको र ५ सय मिटर बाटो कालोपत्रे गर्ने योजना रहेको जनाईएको छ ।

बिद्युत प्रशासण लाईन प्रभावित ठाँउका सडकहरु पिच गर्ने र १ सय ३५ मिटर लम्बाई भएको र ९० सेन्टी चौडाई भएको नाला समेत निर्माण गर्ने कार्यालयका अधिकृत कमलराज चुकेले तु खबरलाई बताए । साथै पिचको मोटाई ४ सेन्टी मिटर रहने समेत चुकेको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*