वडा समन्वय समिति हेटौंडा ११मा श्रेष्ठ विजयी
मकवानपुर २९ असार । टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा ११ नम्वर वडाको अध्यक्षमा देवकुमार श्रेष्ठ विजयी भएका छन् । शुक्रबार भएको समितिको दोस्रो साधारणसभामा अध्यक्ष पदका प्रत्यासी भोजबहादुर पण्डितलाई श्रेष्ठले पराजित गरेका हुन् । अध्यक्ष पदमा खसेको ७५ मतमा श्रेष्ठले ५७ मत पाएका थिए भने पण्डितले १८ मत पाएका हुन् । यसैगरी उपाध्यक्षमा देवनारायण चौलागाई विजयी भएका छन् । चौलागाईले ३९ मत प्राप्त गर्दा उनका प्रत्यासी सुभद्रा बर्तौलाले ३५ मत प्राप्त गरे ।
यसैगरी सचिवमा यज्ञबहादुर आचार्य र कोषाध्यक्षमा दिनेश पराजुली विजयी भएका छन् । सचिव पदमा आचार्यले ३९ मत ल्याउँदा उनका प्रत्यासी लक्ष्मी विडारीले ३५ मत र कोषाध्यक्ष पदमा पराजुलीले ४५ मत प्राप्त गर्द उनका प्रत्यासी लक्ष्मी सापकोटाले ३० मत प्राप्त गरेका हुन् । समितिको सदस्यमा भने सर्वसम्मत चयन भएको छ । समितिको सदस्यमा तारा कप्रौला, मैया मुक्तान, बुद्धिनाथ न्यौपाने, सरिता बिडारी, जानुका बानीया, लक्ष्मी मैनाली, लक्ष्मी पौडेल चयन भएका छन् ।
समितिका अध्यक्ष देवकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा ११ नम्वर वडाका अध्यक्ष गोकर्ण पराजुलीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा हेटौंडा ११ नम्वर वडाका सदस्य रामचन्द्र न्यौपाने, जुना दहाल, हेटौंडा ७ नम्वर वडा सदस्य ज्ञानु थापा, बागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सर्मिला श्रेष्ठ, नवयुवा बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष फुलमान श्रेष्ठ, सामूदायिक प्रहरी सेवा केन्द्र थानाभ¥या·का उपाध्यक्ष सालिकराम पूडासैनी, त्रिभूवन उच्च माविका प्राचार्य केदारप्रसाद विडारी, टोल विकास संस्था नगर समन्वय समितिका कार्यवहाक अध्यक्ष ध्रुव अधिकारी, सति न्यौपाने लगायतको आतिथ्यता रहेको थियो ।
