२ नं प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक

तु खबर संवाददाता
२०७५ असार २९, शुक्रबार १८:२३

धनुषा, २९ असार । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक परेको छ । शुक्रबार अपरान्ह् सवा तीन बजे मुख्यमन्त्री राउतको आमा राधिका देवीको निधन भएको छ । उनी ७० वर्षनी थिईन् ।

सामान्य ज्वरो आएपछि उपचारका लागि तीन दिनअघि सिमावर्ती भारतीय शहर रक्सौलस्थित डंकन अस्पतालमा भर्ना गरिएको उहाँको उपचारका क्रममा निधन भएको मुख्यमन्त्री राउतको पारिवारिक स्रोतले जनाएको छ ।

उहाँलाई अन्तिम संस्कारका लागि आजै पैतृक गाउँ पर्साको जगन्नाथपुर लाने र भोलि बिहान ९ बजे मुस्लिम परम्पराअनुसार अन्तिम संस्कार गरिने मुख्यमन्त्री राउतका स्वकीय सचिव दीपक यादवले जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*