‘चि मुसी चि’ टोली हेटौँडामा, चलचित्रले तर्साउने निर्देशकको दाबी

तु खबर संवाददाता
२०७५ असार २९, शुक्रबार १५:४५

मकवानपुर, २९ असार । श्रावण ११ गते बाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘चि मुसी चि’ को टोली प्रचारप्रसारको लागि हेटौँडामा आईपुगेको छ । पूर्वको विभिन्न शहरहरुमा म्यूजिक कन्सर्ट गर्दै चलचित्रको टोली आज हेटौंडामा आइपुगेको हो ।

हेटौंडामा पत्रकार सम्मेलन गर्दै चलचित्रका निर्देशक दिनेश श्रेष्ठले चलचित्र चि मुसी चि कमेडी चलचित्र नभएको दावी गरे । उनले यो चलचित्र थ्रिलर चलचित्र रहेको बताए । बाल्यकालमा खेलिने चि मुसी चि मा पनि मुसा र विरालो बीचमा द्धन्द रहेको थियो त्यसैले यसमा पनि थ्रिलर कथावस्तुमा चलचित्र रहेको निर्देशक श्रेष्ठले बताए । नयाँ कलाकारलाई चलचित्रमा राखि नयाँ स्वाद दर्शकलाई चखाउने प्रयास रहेको उनले बताए ।

कार्यक्रममा चलचित्रका नायक शुसान्त कार्कीले लामो समय पछि चलचित्रमा अभिनय गरेको बताए । चलचित्र ‘तिन घुम्ती पछि’ यो चलचित्रको कथावस्तु राम्रो भएकोले न्यायपुर्ण अभिनय गरेको बताए । चलचित्रका अर्का नायक सुनिल क्षेत्रीले नेपाली चलचित्रमा पहिलो पटक काम गरेको बताए । बलिउडमा काम गरेका कुशल नृत्यकार समेत रहेका क्षेत्रीले नेपाली म्युजिक भिडियो समेत खेलेका छन्, । चलचित्रमा पहिलो पटक अभिनय गरेकी नायिका अलिशा शर्माले यो चलचित्र आफ्नो पहिलो भएको बताईन्, । केहि म्यूजिक भिडियोमा अभिनय गरेकी शर्मा राम्रो नृत्य गर्दछिन्, ।

पत्रकार सम्मेलनमा नेपाल आइडलको टप फाइभमा पर्न सफल गायिका सुजाता पाण्डेले यो चलचित्रको शीर्ष गीत गाएको पाण्डेले बताईन्, । पहिलो पटक चलचित्रको पाश्र्व गायन गरेको समेत उनले बताईन्, । कार्यक्रममै उनले शीर्ष गीत पत्रकार सामु गाएकी थिईन । कार्यक्रममा चलचित्रका कार्यकारी निमार्ता शिवराज कार्कीले चलचित्र ८० लाखको हाराहारीमा निमार्ण भएको बताए । पोखराको आँतीघर भन्ने ठाँउमा, काठमाडौं, दमौली, बैंककमा छायांकन गरिएको निमार्ण पक्षले बताएको छ । चलचित्रको टोलीले आज हेटौंडाको बसपार्कमा ४ बजे पछि म्यूजिक कन्सर्ट समेत गर्ने निमार्ण पक्षले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*