गृहमन्त्री बादल र उत्तर कोरियाली राजदूत किम योङबीच भेटवार्ता

तु खबर संवाददाता
२०७५ असार २९, शुक्रबार १५:३१
file-photo

काठमाडौँ २९ असार । गृहमन्त्री रामबहादुर थापा बादलसँग नेपालका लागि उत्तर कोरियाका राजदूत किम योङ हकबीच आज भेटवार्ता भएको छ ।
गृह मन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रीत रहेको थियो ।

भेटमा गृहमन्त्री थापाले पछिल्लो समय उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियासँग बढाएको वार्ता र छलफलको स्वागत गर्दै त्यसको सफल परिणाम आउने आशा व्यक्त गरे ।

उनले देशभक्तिको लागि उत्तर कोरिया सबैका लागि प्रेरणाको स्रोत भएको टिप्पणी गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*