मेलम्ची नगरपालिकाका १२ घर पहिरोका कारण जोखिममा

तु खबर संवाददाता
२०७५ असार २९, शुक्रबार ११:३२
file-photo

चौतारा, २९ असार । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका १२ घर पहिरोका कारण उच्च जोखिममा परेका छन् । अविरल बर्षाका कारण पहिरो खस्न थालेपछि सिन्धुपाल्चोकको जनजिवन समेत कष्टकर बनेको छ ।

बस्तीको तलमाथि दुवैतिरबाट सडक खनिएका कारण माथिबाट माटो झरेको र तलबाट माटो बग्ने गरेको हुँदा ती घर उच्च जोखिममा परेको प्रहरीचौकी भोटेचौरले जनाएको छ ।

भूकम्पपीडितले निजी आवास निर्माण गर्ने सामान लान डोजरद्वारा सडक खनेको हुँदा तीन घर आधा पुरिएको दुई घर आधा ढल्केको तथा सात घरसहित १२ घर उच्च जोखिममा परेका छन् । स्थानीयवासी रामचन्द्र खनाललगायत १२ घर परिवारले सामान सारिसकेको र उनीहरुलाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*