भानुभक्त आचार्यको २०५ औँ जन्मजयन्ती देशभर मनाइदै

तु खबर संवाददाता
२०७५ असार २९,शुक्रबार १०:३५
file photo

मकवानपुर २९ असार । नेपाली भाषा र साहित्यका आदिकवि एवं राष्ट्रिय विभूति भानुभक्त आचार्यको २०५औँ जन्मजयन्ती आज देशभर मनाईदै छ । उनको शालिकमा माल्यापर्ण गर्दै उनको सम्झनामा मकवानपुरमा समेत विभिन्न कार्यक्रमहरुको आयोजना गरीएको छ । त्यसैगरी

भानुजयन्तीका अवसरमा आजै मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आज त्रिदिवसीय हिमवत्खण्ड कला साहित्य सम्मिलन आयोजना समेत हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय नाचघरमा उद्घाटन गर्ने सम्मिलनमा हिमवत्खण्ड क्षेत्रमा पर्ने दर्जनभन्दा बढी मुलुकका साहित्यकारको सहभागिता रहने काठमाण्डौस्थित सञ्चारमाध्यमहरुले जनाएका छन् ।

विसं १८७१ असार २९ मा तनहुँको चुँदीमा जन्मीएका भानुभक्तले वाल्मीकि रामायणलाई नेपालमा अनुवाद समेत गरेका थिए । उनका ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘वधूशिक्षा’ आदि कृति निकैनै लोकप्रिय छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*