बाजुरामा ४ रेक्टर स्केलको भूकम्प
बाजुरा, २९ असार । बाजुरामा शुक्रबार बिहान ८ः५८ बजे ४ दशमलव १ रिक्टरको भूकम्प गएको छ ।
भूकम्पमापन केन्द्रका भूकम्पविद्हरुले जिल्लाको उत्तरी भेगमा रहेको बूढीनन्दा नगरपालिकाको कोल्टीदेखि पूर्वमा केन्द्रविन्दु बनाएर उक्त भूकम्प गएको र सबैलाई सतर्क रहन आग्रह समेत गरेका छन् । भूकम्प गएपछि बाजुराको जनजिवत तनावग्रस्त बनेको थियो ।
