सिन्धुपाल्चोकमा बोलेरो दुर्घटना हुँदा ५ जनाको मृत्यू

तु खबर संवाददाता
२०७५ असार २९, शुक्रबार १०:२०

चौतारा, २९ असार । सिन्धुपाल्चोकको किटेनीमा बोलेरो दुर्घटना हुँदा घटना स्थलमै ५ जनाको मृत्यू भएको छ । विहिबार साझ मानेखर्कतर्फ जाँदै गरेको लु १ ख ९९९ नंंको बलेरो जीप दुर्घटनामा परको त्यहाका सञ्चारमाध्ययमहरुले जनाएका छन् ।
अन्य आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए । मृत्यु हुनेमा पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ भोटाङका ६५ वर्षीय भीमबहादुर तामाङ, ६० वर्षीया जयरानी तामाङ, ५६ वर्षीय पोदोम तामाङ, ५३ वर्षीया नानी तामाङ र २५ वर्षीया सुनमाया तामाङ छन् ।

गम्भीर घाइते आठ जनालाई उपचारका लागि काठमाडौँ लगिएको छ । सो जीप सडकबाट करीब ४०० मिटर तल खसेर दुर्घटनामा परेको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*