मनहरीमा कृषि सम्बन्धी ५ दिने अभिमुखीकरण सुरु

तु खबर संवाददाता
२०७५ असार २८, बिहीबार १९:१०

मकवानपुर, २८ असार । पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाको वडा नम्बर ८ मा आजदेखि कृषि सम्बन्धी ५ दिने अभिमुखीकरण तालिम सुरु भएको छ ।

कृषकहरुलाई आधुनिक कृषि प्रणालीको बारेमा जानकारी दिई कृषि क्रान्तिमा सहयोग पुराउने उदेश्यले अभिमुखीकरण तालिम गरिएको मनहरीबाट संचारकर्मी जयराम मोक्तानले जानकारी दिएका छन् । कृषकहरुले अझै परम्परागत खेती प्रणलीको प्रयोग गरी खेती तथा कृषिजन्य बस्तु उत्पादन गरिरहेको भन्दै सहभागी कृषकहरुले आफुहरु वैज्ञानिक कृषि प्रणालीको प्रयोग गरी कम लागतमा धेरै उत्पादन गर्ने उद्देश्यले तालिममा सहभागी भएको बताएका छन् ।

आफुहरुको खेती गर्ने तारिका परम्परागत भएकोले कृषिजन्य वस्तु उत्पादनमा असन्तुष्ट रहेको सहभागीहरुले बताए । मनहरी गाउँपालिका नम्बर ८ को आयोजनामा भएको कार्यक्रममा ८ नम्बर वडाका २० जना कृषकहरुको सहभागीता रहेको छ । सहभगीहरुलाई कृषि विशेषज्ञ जनकदत्त घिमिरेले प्रशिक्षण दिईरहेका छन् ।

वडा नम्बर ८ का वडा सदस्य पुष्कर सुबेदीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा कृषक अगुवा विकासराज उप्रेती , जिल्ला युवा परिषदा उपाध्यक्ष किरण सुबेदी, समाजसेवी मदन अधिकारी लगाएतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*