कुलेखानीमा सुमो दुर्घटना, ८ जना घाईते
मकवानपुर, २८ असार । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको कुलेखानीमा सुमो दुर्घटना हुँदा ८ जना यात्रु घाइएते भएका छन् ।
बाराको निजगढबाट काठमाण्डौँको लागि जाँदै गरेको ना १ ज ३४८२ नंबरको सुमो हेटौँडा—कुलेखानी सडक खण्ड अन्र्तगत कुलेखानीमा दुर्घटना भएको हो ।
सुमो सडकबाट करिब २५ मिटर तल खसेको बताइएको छ । दुर्घटनामा घाइते भएका ८ जनालाई उपचारको लागि काठमाण्डौ लगिएको फाखेल प्रहरी चौकीले जानकारी दिएको छ । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर भएको बताइएको छ ।
प्रहरीका अनुसार कुलेखानीको कलंकीमा स्टेरिङ फेल भएर सुमो दुर्घटना भएको हो । थप अनुसन्धानका लागि सुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
