बाढी र पानीजहाजलाई जोडेर कुरा गर्नेलाई कारवाहीको माग गर्दै संसदमा चर्किए बस्नेत
काठमाडौँ, २८ असार । नेपालमा बाढी आएर जनधनको क्षति भएको अवस्थामा सरकारलाई कटाक्ष गर्दै पानीजहाजको कुरा निकालेर सामाजिक सञ्जालमा रोईलो गर्नेलाई साईबार क्राइम अन्तर्गत कारवाही गर्नुपर्ने भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेश बस्नेत संसदमा चर्किएका छन् ।
बिहीबार संसदमा बस्नेतले आफ्ना धारणा राख्दै बाढी पिडितको संवेदनालाई ख्याल नगरी सामाजिक सञ्जालमा पानीजहाजको कुरा गर्नेहरुप्रति असन्तुष्टि जनाउँदै उनले पानीजहाजको कुरालाई वाहियात भन्दै उनले कारबाहीको माग गरेका हुन् ।
धारणा राख्ने क्रममा उनले अमृता लम्सालको फेसबुक पोस्टलाई जोड्दै भक्तपुरका जनता बाढीले पीडित भइरहेका बेला कतिपयले भने सामाजिक सञ्जालमा पानी आएछ अब जहाज कहिले आउँछु भनेर उडाइरहेको भन्दै असन्तुष्टि पोखेका हुन् ।
सामाजिक सञ्जालमा वाहियात कुरा गर्ने मान्छेहरुलाई कारबाही गर्नुपर्ने भन्दै उनले साइबर क्राइमलाई कडा ढंगले लागु गर्न सञ्चार मन्त्रालयको ध्यानाकर्षण समेत गराए ।
