६ महिनामै भत्कियो पक्की सडक
कञ्चनपुर, २८ असार । कञ्चनपुरको पुनर्वास नगरपालिकामा मापदण्ड बिपरित निर्माण गरिएको सडक ६ महिना नपुग्दै भत्किएको छ ।
कमसल सामाग्री प्रयोग गरेका कारण सडक ठाउँ–ठाउँमा भासिनुका साथै कालोपत्रे उप्किएको छ । माटोको प्रकार र भौगोलिक अध्ययन एवं परिक्षण बिनै निर्माण गरिएका कारण बाटो भासिएको हो । १५ सेन्टिमिटर ग्राबेल र १० देखि १५ सेन्टिमिटर गिट्टी राखेर कालोपत्रे बनाउनु पर्नेमा उक्त मापदण्ड अनुसार काम नभएपछि सडक भासिनुका साथै सडकमै घाँस समेत उम्रिएको छ ।
त्यस्तै पुनर्वास नगरपालिका ६ स्थित बालजागृती आधारभुत विद्यालय नजिकको कालोपत्रे समेत चर्किन सुरु भएको छ ।
