भ्याट बिल नदिने ११ मोबाईल पसललाई कारवाही
काठमाडौँ, २८ असार । काठमाडौँको न्यूरोडमा भ्याट बिल नदिई मोबाईल बिक्री वितरण गर्ने ११ वटा मोबाईल पसलाई कारवाही गरिएको छ । करदाता सेवा कार्यालय न्यूरोडले संचारमाध्यममा आएको समाचारका आधारम अनुगमनमा गर्दा भ्याट बिल जारी नगरेको पाइएपछि ती पसलहरुलाई कारवाही गरिएको हो ।
अनुगमनमा गएको टोलीले खरिद बिक्री खाता अध्यावधिक नगरेको, कारोबार स्थलमा बिल बिजक नराखेको, स्टक बुक अध्यावधिक नगरेको भन्दै ११ पसललाई ८५ हजार रुपैयाँ जरिवाना तिराइएको हो । उक्त मोबाईल पसलहरुलाई ५ हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्म जरिवाना गरिएको हो ।
