हेटौँडा–कुलेखानी सडक पूनः सुचारु

तु खबर संवाददाता
२०७५ असार २८, बिहीबार १४:०१
फाईल फोटो

मकवानपुर, २८ असार । बिहीबार बिहान गएको पहिरोका कारण अवरुद्ध बनेको हेटौँडा–कुलेखानी सडक पूनः सुचारु भएको छ । मदन भण्डारी राजमार्ग अन्तर्गत सडक पूर्ण रुपमा संचालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

पहिरो गएका कारण अवरुद्ध भएको खडकखण्ड मध्यान्ह १२ बजेबाट दुबै तर्फ संचालनमा आएको हो । इन्द्रसरोवर गाउँपालिका–४ पुरण्डी स्थित फाखेल र इन्द्रसरोवर गाउँपालिका–७ स्थित सिस्नेरीको सूर्यडाँडामा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*