उपत्यकामा हनुमन्ते खोलाका कारण जनजिवन अस्तव्यस्त,चाँगुनारायणमा ३ जनाको मृत्यु
काठमाण्डौ २८ असार । अविरल बर्षाको कारण काठमाडौँ र भक्तपुरका विभिन्न स्थान डुबानमा परेको छ । वर्षाकै कारण चाँगुनारायण ७ मा माटोको ढिस्को खस्दा ३ जनाको मृत्यु भएको उपत्यकाका सञ्चार माध्ययमहरुले जनाएका छन् ।
हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर, सूर्यविनायक र मध्यपुरथिमि नगरपालिकाका विभिन्न वडाहरु डुबानमा परेका हुन् । हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुर नगरपालिकाको च्यामासिह, जगाती, हनुमानघाट, भेलुखेल, सल्लाघारी क्षेत्र डुबानमा परे ।
