अविरल बर्षाका कारण बनेपा र भक्तपुर डुब्यो, अन्य स्थानको जनजिवन पनि अस्तव्यस्त
मकवानपुर २८ असार । हिजोदेखि देशैभर परेको अविरल बर्षाका कारण जनजिवन निकैनै अस्तव्यस्त बनेको छ । बर्षाका कारण केहि स्थानमा वस्ती डुबानमा परेका छन् भने केही राजमार्गहरु समेत ठप्प भएका छनु् ।
वर्षाकै कारण भक्तपुरको हनुमन्ते खोलामा बढेको पानीको वहावले भक्तपुरका विभिन्न स्थान जनमग्न भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
भक्तपुरको दुवाकोट, दक्षिणी बेल्ट, राधेराधेबाट निकोसेरा जाने आउने सडक, लिवाली, सल्लाघारी,चाँगुनारायण ईट्टाभट्टाको तल्लो बेल्टे, ब्रम्हायणी, नगरकोट जाने नयाँबाटोलगायतका क्षेत्र जलमग्न भएको त्यहाँस्थित सञ्चारमाध्ययमहरुले जनाएका छन्् ।
लिवाली जलमग्न हुँदा जगातीबाट कमल विनायक सडक आज बिहान साढे ४ बजेबाट पूर्ण रुपमा अवरुद्ध भएको छ ।
त्यसैगरी काभ्रेको बनेपा र पनौती डुवानमा परेको छ । त्यहाँका घर तथा बस्तीहरु डुवानमा परेपछि जनजिवन अस्तव्यस्त बनेको छ ।
