लालीगुराँस नगरपालिकामा ट्र्याक्टर पल्टिदा १ जनाको मृत्यु
तेह्रथुम, २७ असार । लालीगुराँस नगरपालिकामा ट्र्याक्टर दुर्घटनामा परी आज एकजनाको मृत्यु भएको छ विभिन्न सञ्चारमाध्ययमहरुले जनाएका छन् ।
को २ त ४०५३ नं को ट्र्याक्टर लालीगुराँस नगरपालिकाको वन्तपुरस्थित प्रगति टोलमा दुर्घटना हुँदा ट्र्याक्टर चालक सूर्य लिम्बूको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
गम्भीर घाइते लिम्बूको प्राथमिक स्वास्थ्य केन्द्र वसन्तपुरमा उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्लाबाहिर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
