सवारी दुर्घटनामा आमाको मृत्यू, छोरी घाईते
ललितपुर, २७ असार । ललितपुरको ललितपुर महानगरपालिका–१४ थसीखेलमा सवारी दुर्घटनामा परी एक महिलाको ज्यान जानुका साथै उनकी छोरी घाईते भएकी छिन् ।
बा.१ ख ९२५४ नम्बरको बसले बा.७५ प ५६४७ नम्बरको स्कुटरलाई मंगलबार ठक्कर दिंदा स्कुटर चालक खोटाङ घर भई हाल ललितपुर बस्ने ३८ वर्षीया सुनिता कार्कीको मृत्यू भएको हो । उपचारका क्रममा बिएण्डबी अस्पतालमा लगिएको सुनिताको अस्पतालमै मृत्यू भएको हो ।
सोही स्कुटरमा सवार उनकी १२ वर्षीया छोरी समृद्धी कार्की भने घाईते भएकी छिन् । उनको उपचार भइरहेको छ । फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।
