लहानमा ५० गर्भवती महिलालाई बाख्रा वितरण
लहान २७ असार । लहानमा गर्भवती महिलाहरुलाई आज बाख्रा वितरण गरीएको छ । नगरक्षेत्रका दलित, विपन्न परिवारका ५० गर्भवती महिलालाई सप्तरीको सुरुङ्गा नगरपालिकाले आज बिहान बाख्रा वितरण गरेको हो ।
बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत सुरुङ्गा नगरप्रमुख मुक्तिनाथ चौधरीले वडा नं १, २, ३, ४ र ५ का १०÷१० दलित विपन्न परिवारका गर्भवती महिलालाई बाख्रा वितरण गेरेका हुन् ।
