नगद र सुनसहित २ जना पक्राउ

तु खबर संवाददाता
२०७५ असार २७, बुधबार १५:२८
File Photo

बैतडी, २७ असार । बैतडीको दशरथ चन्द नगरपालिका–८ स्थित नेपाल–भारत सिमानामा नेपालतर्फ आउँदै गरेका भारत बिथौलागढ जिल्ला झुलाघाट बस्ने ४२ वर्षीय जगदिश बर्मालाई भारतीय नगद २४ हजार ३ सय ९० रुपैयाँ र ६० ग्राम सुन सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै सोही स्थानमा नेपालबाट भारततर्फ जाँदै गरेका बैतडी दशरथ चन्द नगरपालिका–४ गढी बस्ने २१ वर्षीय बिशाल गहतराजलाई नेपाली नगद ३ लाख २७ हजार ९ सय ८५ रूपैयाँ र ११ ग्राम ६ सय ६४ मिलि ग्राम सुन सहित पक्राउ गरिएको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय कञ्चनपुर पठाईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*