गाँजा बोकेको आरोपमा पक्राउ

तु खबर संवाददाता
२०७५ असार २७, बुधबार १५:२३

भक्तपुर, २७ असार । सिन्धुली मरिनखोला–७ घर भई हाल मध्यपुर ठिमि नगरपालिका–५ कमरोटार डेरा गरी बस्ने ४७ वर्षीय शंकर तामाङलाई ८ सय ग्राम लागूऔषध गाँजा सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले उनलाई सोही स्थानमा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*