भिमफेदी गाउँपालिकाका ४२ जना आमाहरुले पाए सुरक्षा भत्ता

तु खबर संवाददाता
२०७५ असार २६, मंगलवार २०:१३

मकवानपुर २६ असार । मकवानपुरको भिमफेदी गाउँपालिकामा आज सुत्केरी प्रोत्साहन भत्ता वितरण गरीएको छ । भिमफेदी गाउँपालिकाको सहयोगमा मातृ शिशु सुरक्षा कार्यक्रम अन्र्तगत आमा र बच्चाको सुरक्षाको लागि सहयोग पुगोस भन्ने उदेश्यका साथ भत्ता वितरण गरीएको गाउँपालिकाकी उपाध्यक्ष पार्वती रानाले जानकारी दिईन ।
उपाध्यक्ष रानाको अनुसार करीब १ सय जनालाइ सुरक्षा भक्ता वितरण गर्ने लक्ष्य राखिएकोमा आज ४२ जनालाई प्रदान गरीएको र बाँकीलाई ३ दिनभित्रमा वितरण गरीने छ ।
उनले भनिन् महिला तथा बालबालिकाको हितमा रहेको यो उत्कृष्ट कार्यमा आफुहरु सहभागि रहन पाउँदा निकैनै खुसी लागेको र यो योजनाले गाउँपालिकाका आमाहरु र बच्चाहरुको सुरक्षामा समेत मद्धत पुगेको छ ।

डा अमर दिप मण्डलको सभाध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष पार्वती रानाको प्रमुख आतिथ्यता तथा ६ नं वडाअध्यक्ष सिताराम थापा साथै गाउँपालिकाका अन्य प्रतिनिधिहरुको समेत उपस्थितीमा रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*