आगलागी पीडितलाई मकवानपुर कोरिया मञ्चको सहयोग

तु खबर संवाददाता
२०७५ असार २६,मंगलवार १९:५१

मकवानपुर, २६ असार । मकवानपुर कोरिया मञ्चले मकवानपुरको मनहरी गाउँपालिका १ गोगनपानीका आगलागी पिडीत परिवारलाई आर्थिक सहयोग गरेको छ ।

मञ्चका कार्यबहाक अध्यक्ष किशोर ब्लोन नियोग र सदस्य हेन्सल लामाको सक्रियतामा दक्षिण कोरियामा संकलित ९५ हजार २ सय २३ रुपैँया रकम आगलागी पिडीत अकिलमान घलानलाई हस्तान्तरण गरिएको हो ।

रकमलाई एक कार्यक्रमकाबिच गाउँपालिका अध्यक्ष एकराज उप्रेती,उपाध्यक्ष मनिला विष्ट र वडाअध्यक्ष शिवप्रसाद खनाल लगायतको उपस्थितिमा पीडितलाई प्रदान गरिएको हो । सहयोग प्राप्त गरे पश्चात पीडित अकिलमानले घर बनाउन ब्लक तथा सिमेन्ट किन्न प्रयोग गर्ने बताएका छन् ।

विभिन्न समयमा आर्थिक सहयोग गरिरहेको मञ्चलाई मनहरी गाउँपालिका अध्यक्ष उप्रेतीले धन्यवाद समेत ज्ञापन गरेका छन् । कार्यक्रममा शिक्षक सञ्जय लोप्चन, अविनाश लामा, विशाल लामा, नविन सुवेदी, संचारकर्मी शिवकुमार काशी लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*