राक्सिराङमा २२ महिलालाई कपडा सिलाउने मेसिन वितरण

तु खबर संवाददाता
२०७५ असार २५, सोमबार १९:३५

मकवानपुर, २५ असार । सिलाईकटाई सीप सिकेका राक्सिराङ गाउँपालिका वडा नम्बर ८ का २२ जना महिलाहरुका लागि सिलाई मेसिन बितरण गरिएको छ ।

लिचा हिमालय इभी र दीगो विकासका लागि एकता नेपालको सहयोग तथा समन्वयमा उनीहरुलाई कपडा सिलाउने मेसिन बितरण गरिएको मनहरीबाट संचारकर्मी जयराम मोक्तानले जानकारी दिएका छन् । मेसिन बितरण गर्दै राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि सीप प्रदानसँगै मेसिन हस्तान्तरण गरिएकोमा सहयोगी संस्थालाई धन्यवाद ब्यक्त गरे । उनले सामूहिक रुपमा सिलाई तथा कटाईलाई व्यवसायिकतामा ढाल्नका लागि आवश्यक पर्ने सबै सहयोग गाउँपालिकाले गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन् ।

८ नम्बर वडा अध्यक्ष रामकृष्ण प्रजाको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष निर्मला हिमडुङ, लिचा हिमालय इभीका नेपाल प्रतिनिधि अन्जनकुमार पौडेल, सञ्चारकर्मी शिवकुमार काशी लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । एडभान्स तालिम लिएका २२ जना महिलाहरुले आगामी दिनमा संस्थाले विद्यार्थीहरुका लागि प्रदान गर्ने विद्यालय पोशाक सिलाउने गरी व्यवस्था मिलाइएको कार्यक्रम संयोजक अनिल पौडेलले बताए । उनीहरुका लागि सामूहिक रुपमा सिलाई कटाई गर्न भवन समेत निर्माण गरिदिने पौडेलले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*