बुद्ध माविसहित पदमपोखरीका ३ स्थानमा ५ सय २० बिरुवा रोपियो

तु खबर संवाददाता
२०७५ असार २५, सोमबार १७:४६

मकवानपुर, २५ असार । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ का विभिन्न स्थानमा ५ सय २० वटा विभिन्न जातका बिरुवा रोपिएको छ ।

‘परिवर्तनको बाटो’ समूहले वडा नम्बर १२ हात्तिगौँडामा रहेको बुद्ध माविमा अशोकको बिरुवा ५० वटा, विष्णुज्योति आधारभूत मावि भोर्लेमा अशोकको ७० वटा बिरुवा र कल्याण्टारमा ४ सय वटा बिरुवा रोपिएको संचारकर्मी गणेश दुलालले जानकारी दिए ।

वडा नम्बर १२ का अध्यक्ष ललित घलानलाई बिरुवा हस्तान्तरण गरी बुद्ध माविबाट सुरु भएको वृक्षारोपण कार्यक्रम भोर्ले हुँदै कल्याण्टारमा गएर समापन भएको हो । वृक्षारोपण कार्यक्रममा बुद्ध माविका प्रधानाध्यापक किसन थापा, पुर्ण लामा लगायतको सहभागिता रहेको थियो ।

रेडियो आकाशगंगा, सिआन पुनःस्थापन केन्द्र र जिल्ला बन कार्यालय मकवानपुरको सहयोगमा सिसौ, खयर, अशोक तथा मसला जातको बिरुवा रोपिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*