हेटौँडा १६ मा मेयर र स्थानीयले रोपे बिरुवा
मकवानपुर, २५ असार । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ मा वृक्षारोपण गरिएको छ । ‘वृक्षा रोपण गरौँ, स्वस्थ बनाँ’ै भन्ने नाराका साथ लक्ष्मीनारायण बाटो स्तरिकरण उपभोक्ता समिति र सिपाली चोक घ्याम्पे बाटो स्तरिकरण उपभोक्ता समितिको आयोजनामा वृक्षारोपण गरिएको हो ।

वृक्षारोपण कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा १६ नम्बर वडाका वडा अध्यक्ष रामकृष्ण कोईराला, लक्ष्मीनारायण बाटो स्तरिकरण उपभोक्ता समितिका अध्यक्ष पर्शुराम हटवाल, सिपाली चोक घ्याम्पे बाटो स्तरिकरण उपभोक्ता समितिका अध्यक्ष केदारनाथ आचार्य र स्थानियले वृक्षारोपण गरेका थिए ।
