जंगली च्याउ खाँदा ६ जना बिरामी, १ जनाको अवस्था गम्भीर
दाङ, २५ असार । जंगलबाट ल्याएको च्याउ खाएपछि दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ९ दुवीचौर र खैरा गाउँका ६ जना बिरामी परेका छन् ।
बिरामीमध्ये खैरा निवासी ४३ वर्षीया बालिका डाँगीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । साथै उनकी देउरानी ४० वर्षीया हिमा डाँगीको अवस्था भने सामान्य रहेको छ ।
