सन्दीपको टिम ग्लोबल टी–२० बाट बाहिरियो

तु खबर संवाददाता
२०७५ असार २५, सोमबार १३:०३
file-photo

एजेन्सी, २५ असार । क्यानडामा जारी ग्लोबल टी–२० प्रिमियर लिगबाट नेपाली क्रिकेटर नेपाली क्रिकेटर सन्दीप लामिछानेको टिम मोन्ट्रियल टाइगर्स बाहिरिएको छ । भारतमा समेत चर्चा कमाएका नेपाल क्रिकेटर सन्दीपले अन्तिम खेलसम्म पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले अन्तिम खेलमा दुई विकेट लिए ।

टोरन्टो नेसनलसँग टस हारेर ब्याटिङको निम्तो पाएको मोन्ट्रियलले २० ओभरमा ४ विकेट गुमाउँदै एक सय ७६ रन बनाएको थियो । उसका लागि जर्ज वोर्केरले ६२ तथा हेनरिकले ५० रन बनाए । जवाफमा टोरन्टोले २० ओभरमा नौ विकेट गुमाउदा रोमाञ्चक एक विकेटको जित निकाल्यो । उसको जितमा नितेश कुमराले ४६ तथा एन्टोन डेभिचले ४३ रन बनाए । यस्तै कायरन पोलार्डले पनि ३७ रनको योगदान गरे ।

बलिङतर्फ सन्दिपले दुई विकेट हात पारे । उनले चार ओभरमा ३४ रन खर्चिदै दुई विकेट लिएका हुन् । मोन्ट्रियल टाइगर्सले पाँच खेलमध्ये एक खेलमा मात्रै जित हात पार्यो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*