ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा भारतीय खेलाडीको नयाँ विश्व रेकर्ड

तु खबर संवाददाता
२०७५ असार २५, सोमबार १२:५७

एजेन्सी, २५ असार । भारतीय क्रिकेटर रोहित शर्माले ट्वेण्टी ट्वेण्टी क्रिकेटमा तीन वटा शतक प्रहार गर्ने पहिलो भारतीय खेलाडीको रेकर्ड बनाएका छन् ।

आइतबार राति इङ्ल्याण्डसँगको खेलमा एक सय रन बनाउँदै रोहितले ट्वेण्टी ट्वेण्टी क्रिकेटमा तीन शतक बनाउने पहिलो भारतीय र समग्रमा दोस्रो खेलाडीका रुपमा आफ्नो नाम दर्ता गराएका हुन् ।

उनले ५६ बलमा ११ चौका र ५ छक्का प्रहार गर्दै शतक पूरा गरेका थिए । रोहित र न्युजिल्याण्डका कालिन मुुनरोले मात्र ट्वेण्टी ट्वेण्टी क्रिकेटमा तीनवटा शतक प्रहार गरेका छन् । भारतका लोकेश राहुल २ सतक सहित छँैटौं स्थानमा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*