हेटौँडामा दुर्घटना न्यूनिकरण सम्बन्धी प्रशिक्षण
–सन्देश थिङ
मकवानपुर, २४ असार । मकवानपुरको हेटौँडामा दुर्घटना न्यूनिकरण सम्बन्धी एक दिने प्रशिक्षण भएको छ ।
हेटौँडामा बढ्दै गइरहेको दुर्घटनालाई मध्यनजर गर्दै नेपाल अटो इ–रिक्सा संघद्वारा प्रशिक्षण आयोजना गरिएको हो । कार्यक्रम ट्राफिक प्रहरी कार्यालय मकवानपुरको सहयोगमा भएको हो । कार्यक्रममा चालकहरुले अनिवार्य रुपमा पालन गर्नुपर्ने गर्नुपर्ने नियमहरुका बारेमा प्रशिक्षण दिइएको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख विरेन्द्र कुमार ठाकुरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमा ट्रफिक प्रहरी तथा अटो चालकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका सहजकर्ताहरुद्वार प्रशिक्षण दिइएको थियो ।
