नयाँ शक्ति मकवानपुरको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न
मकवानपुर २३ असार । नयाँ शक्ति पार्टी नेपालको जिल्ला स्तरिय एक दिने प्रशिक्षण कार्यक्रम हेटौंडामा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा नयाँ शक्ति पार्टी नेपालका केन्द्रिय प्रशिक्षण तथा पार्टी प्रवक्ता डम्बर खतिवडाको प्रशिक्षणमा कार्यक्रम भएको थियो ।
प्रशिक्षण कार्यक्रममा पार्टीका संधिय परिषद सदस्य ज्योती रायमाझिले स्वागत मन्तव्य , र ३ नम्बर प्रदेश प्रशिक्षण विभाग प्रमुख परिवर्तन भट्टराईले शुभकामना मन्तब्व व्यक्त गरेका थिए ।
जिल्ला प्रशिक्षण विभाग प्रमुख प्रकाश थोकरको संयोजकत्वमा भएको कार्यक्रममा पार्टीका ३ नम्बर प्रदेश संयोजक सोनाम सिं स्याङ्तान मकवानपुर पार्टी कार्यालय सचिव राजेन्द्र सिंखडा लगाएको उपस्थिती रहेको नयाँ शक्ति पार्टी नेपाल मकवानपुरका सञ्चार विभाग प्रमुख धु्रवराज ढकालले जानकारी दिए ।
