मजदुरहरुको बृहत भेला मकवानपुरमा
मकवानपुर २३ असार । नेपाल बिजुली पेन्टर प्लम्बर तथा निर्माण मजदुर यूनियन क्युपेक नेपाल जिल्ला कमिटी र स्वरोजगार कमिटीको संयुक्त आयोजनामा बृहत भेला आज शनिवार सम्पन्न भएको छ ।
मकवानपुर जिल्ला स्वरोजगार कमिटीका अध्यक्ष हरी ढुगाँनाको अध्यक्षता तथा क्युपेक नेपालका केन्द्रीय कमिटीका उपाध्यक्ष रामप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा हेटौँडा उप–महानगरपालिकाका उपमेयर मिना लामा, क्युपेक नेपालका केन्द्रीय कमिटी सदस्य विक्रम लामा, क्युपेक नेपालका केन्द्रीय कमिटीका सल्लाहाकार राजु आचार्य, क्युपेक नेपालका केन्द्रीय कमिटी सदस्य रेखा भुजेल लगाएतको उपस्थिती रहेको थियो ।
