मकवानपुरको जनतामा माबिमा विषयगत हाजिरि जवाफ प्रतियोगिता

तु खबर संवाददाता
२०७५ असार २२, शुक्रबार १५:२०

मकवानपुर २२ असार । मकवानपुरको जनतामा माबिमा आज विषयगत हाजिरि जवाफ प्रतियोगितामा संचालन गरीएको छ । प्रतियोगितामा अञ्जु रुम्बा र रबिन्द्र रम्बाको समुह प्रथम भएका छन् । त्यसैगरी मनिस स्याङतान र सुश्रीता थिङको समुह दोस्रो अनि मिलन स्याङतान र सुनिता लोको समुह तेस्रो भएको विषय शिक्षक होमबहादुर नेपालीले जानकारी दिएका छन् ।

आज भएको कार्यक्रममा विद्यालयका कक्षा ९ र १० का ७ वटा समुहको सहभागिता रहेको थियो । प्रतियोगितामा कार्यालय संचालक तथा लेखा विषयको विषयगत प्रश्नहरु समावेश गरीएको थियो ।

विद्यायलयकी अतिरिक्त क्रियाकलाप संयोजक सुजाता लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा बिद्यालयको सहायक प्रधायाध्यापक ज्ञान बहादुर रुम्बाको प्रमुख आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*