माईक्रोबस दुर्घटना हुँदा १७ जना घाईते

तु खबर संवाददाता
२०७५ असार २२, शुक्रबार १२:०७
File Photo

धनकुटा, २२ असार । धनकुटा नगरपालिका–७ रमाइलो घुम्तीमा शुक्रबार बिहान माइक्रोबस दुर्घटना हुँदा १७ जना यात्रुहरु घाइते भएका छन् । धनकुटाको हिलेबाट धरानतर्फ जाँदै गरेको को.१ ख्. २८४७ नम्बरको माइक्रोबस ओरालोमा बे्रक फेल भई सडकमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएका छन् भने १५ जना सामान्य घाइते भएको बताइएको छ । गम्भीर घाइते भएका धनकुटा नगरपालिका–६ की ५५ वर्षीय कमला भुजेल र गाडीका सहचालक पाख्रीवास नगरपालिका–५ का १८ वर्षीय सुरज तामाङको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*