विश्वकप फुटबलमा आज २ खेल, फ्रान्स र ब्राजिल दुबैले जित्लान् ?

तु खबर संवाददाता
२०७५ असार २२, शुक्रबार ११:१४

हेटौँडा, २२ असार । रसियामा जारी विश्वकप फुटबलमा शुक्रबारबाट क्वार्टरफाइनल खेल सुरु हुने भएको छ । आज हुने दुई क्वार्टरफाइनल खेलमा चर्चित फुटबल टोलीहरुको भिडन्त हुँदैछ ।

आजको पहिलो क्वार्टरफाइनल खेल उरुग्वे र फ्रान्सबीच हुनेछ भने दोस्रो खेलमा ५ पटकको विश्व बिजेता ब्राजिल र बेल्जियम भिड्नेछ । शुक्रवार साँझ ७ः४५ बजे उरुग्वेले फ्रान्सको सामना गर्नेछ । उरुग्वेले अन्तिम १६ को खेलमा पोर्चुगललाई २–१ ले हराएको थियो भने फ्रान्सले अर्जेन्टिनालाई ४–३ ले पाखा लगाएको थियो ।

दोस्रो खेलमा राति ११ः४५ मा ५ पटकको विश्व विजेता ब्राजिलले बेल्जियमको सामना गर्नेछ । समूह विजेताका रुपमा अघि बढेका यी दुई टोलीमध्ये बेल्जियमको अन्तिम १६ को खेल निकै रोमाञ्चक र संघर्षपूर्ण रह्यो । जापानसँग दोस्रो हाफमा २–० ले पछि परेको खेलको इन्जुरी समयमा निर्णायक गोल गर्दै बेल्जियम ३–२ ले विजयी भएको थियो ।

त्यसैैैैगरी ब्राजिलको क्वार्टरफाइनल यात्रा सहज रह्यो । नेयमारको उच्च प्रदर्शनबाट प्रेरित ब्राजिलले मेक्सिकोलाई २–० ले हराएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*