प्रतिनिधिसभा कामबिहिन बन्दै
काठमाडौँ, २२ असार । सरकारले मौलिक हक कार्यान्वयनसम्बन्धी विधेयक संसदमा पेश गर्न ढिलाइ गर्दा प्रतिनिधिसभा कामविहीन भएको समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।
मौलिक हक कार्यान्वयन गर्ने एक सय विधेयक आउँदो असोज २ भित्र बनाइसक्नुपर्ने भए पनि सरकारले चासो नदिँदा संसद कामविहिन भएको संसद सचिवालयले जानकारी दिएको छ ।
सभामुख कृष्णबहादुर महराले सोमबार बजेटका सम्पूर्ण प्रक्रिया पूरा भएपछि संसद कामविहीन भएको बताएका छन् ।
