प्रदेश ३ मा प्रदेशसभा नियमावली–२०७४ संशोधन मस्यौदा समिति गठन
मकवानपुर, २२ असार । ३ नम्बर प्रदेशको विहीबारको बैठकले प्रदेशसभा नियमावली–२०७४ संशोधन मस्यौदा समिति गठन गरेको छ । समितिमा कञ्चन खनाल, केशवराज पाण्डे, मीना ज्ञवाली, रमेश पौड्याल, रामेश्वर फुयाँल, राधा घले र सुरेन्द्रराज गोसाईं रहेका छन् ।
समितिको म्याद १५ दिन रहने बताइएको छ । सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएपश्चात सम्बन्धित मन्त्रीको जवाफबाट समाप्त हुने प्रावधान अपूर्ण रहेको, नेपालको प्रधानमन्त्री तथा राष्ट्रपतिलगायतका राष्ट्रका महत्वपूर्ण व्यक्तिहरुबाट प्रदेशसभालाई हुने सम्बोधनको व्यवस्था स्पष्ट नरहेको राजस्व तथा व्ययको अनुमान प्रस्तुत गरिसकेपछि पनि छुट्टै बैठकमा टेबल गर्नुपर्ने व्यवस्था रहेको, विनियोजन विधेयकमाथिको खर्च कटौतीको प्रस्ताबबारे व्यवस्थाहरु अस्पष्ट रहेको, विधेयक व्यवस्थापन कार्यको प्रक्रिया लामो तथा झन्झटिलो भएको, संसदीय समितिहरुको कार्यक्षेत्रबाट स्पष्ट किटानी नभएको कारण प्रदेशसभा नियमावली–२०७४ संशोधन मस्यौदा समिति गठन गरिएको प्रस्तावक सांसद् न्हुच्छेनारायण श्रेष्ठले जानकारी दिएका छन् ।
